‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ।

फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापानपछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ।

यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ। यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ।

नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ। हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ।

अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता अधिकारीले बताएका छन्।

फिल्मको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छ। सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायतका कलाकारको अभिनय छ।

Skip This
Skip This
Logo