अब उपत्यकामा रात्री बस पुनः चल्ने

अब उपत्यकामा रात्री बस पुनः चल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए । राति सार्वजनिक यातायात नहुँदा उपत्यकाको रात्रिकालीन जीवन चलायमान हुन सकेको छैन । उपत्यकाको जनसंख्या करिब ६० लाखको हाराहारीमा छ । तर साँझ ८ बजे सहर चकमन्न हुने गरेको छ । रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने विभागको योजना छ । यसका लागि विभागले यातायात व्यवसायी, साझा, ट्राफिक प्रहरी, यातायात विज्ञसँग छलफल चलाइरहेको छ । यस विषयमा मंगलबार पुन छलफल गर्ने दाहालले जानकारी दिए ।

‘सवारीको अभावका कारण रातको समयमा सदुपयोग हुन सकेको छैन । सवारी सञ्चालनमा ल्याउन सके रात्रिकालीन जीवन चलायमान हुन्छ,’ उनले भने, ‘सवारीको सुनिश्चितता नभएकाले राती मानिसको चहलपहल कम भएको हो । सवारी सञ्चालनमा आएसँगै मानिसको चहलपल बढ्छ ।’ चहलपहल बढेसँगै रात्रिकालीन रोजगारी पनि सिर्जना हुने उनले बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo