५५० मेगावाटसहित तीन परियोजनालाई अनुमति

५५० मेगावाटसहित तीन परियोजनालाई अनुमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लगानी बोर्डले ५५० मेगावाटको सौर्य (सोलार) सहित तीन परियोजनाको अध्ययनका लागि अनुमति दिएको छ ।

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्डको ३८ औ बैठकले सो अध्ययन अनुमति दिने निर्णय गरेको हो । फिलिपिन्सको ग्रीनर्जी सोलुसनले सातवटै प्रदेशमा सोलार आयोजना निर्माण गर्ने गरी लगानी बोर्डले प्रस्ताव बोर्डमा प्रस्ताव गरेको थियो । बोर्डका उपसचिव राजु गुरागाईका अनुसार, ४८ अर्ब २४ करोड बराबरको लागत अनुमान गरिएको परियोजना सातै प्रदेशमा निर्माण गर्ने कम्पनीले लक्ष्य राखेको छ ।

कम्पनीले प्रदेश–१ को सुनसरीमा १ सय मेगावाट, प्रदेश–२ को सर्लाहीमा १ सय, प्रदेश–३ को चितवनमा १ सय, प्रदेश–४ को तनहुँमा ५०, प्रदेश–५ को नवलपरासीमा ५०, प्रदेश–६ को जुम्लामा १ सय र प्रदेश–७ को दिपायलमा ५० मेगावाटको सोलार आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

बोर्डले सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने गरी फ्लास फ्राइड लजिष्टीक कम्पनीलाई वीरगञ्ज र भैरहवामा ६ अर्ब ५१ करोड अनुमानित लगान रहेको प्राइभेट फ्राइट टर्निमल एण्ड बल्क ह्याण्डलिङ निर्माण परियोजनाको सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
कारोबारबाट

Logo