प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारको आधारबर्ष पछिको बजेटले इतिहास निर्माण गर्ने बाटो समात्न नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुँदै सांसद रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गरेका हुन् ।
चालु खर्च पुरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरण मुखी कार्यक्रम बाँड्ने काम भएको तर्क पनि उनले गरेका छन् ।
बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको भन्दै उनले स्थानीय र प्रदेश सरकारको पूँजीगत खर्च नबढेसम्म आर्थिक विकास संभव नहुने तर्क गरे । बाँकि भिडियोमा































प्रतिक्रिया