काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो यूरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको यूरोप भ्रमणबारे आइतबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । जेठ २९ गते फ्रान्स जाने र त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।































प्रतिक्रिया