अन्तर कलेज फुटसल वैशाख २२ देखि

अन्तर कलेज फुटसल वैशाख २२ देखि

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वैशाख २२ देखि जेठ ५ गतेसम्म ‘अन्तर कलेज फुटसल च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ।

प्रतियोगिताका सबै खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने एन्फा प्रवक्ता सुरेश शाहले बताए।

प्रतियोगितामा शिल्ड, प्रमाणपत्रसँगै विजेतालाई नगद पाँच लाख र उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँ पुरस्कार छ। सबैभन्दा मूल्यवान् खेलाडीलाई नगद ५० हजार, उत्कृष्ट गोलकिपर र उच्चतम स्कोररलाई समान २५/२५ हजार रुपैयाँ छ।

प्रतियोगितामा ११ र १२ कक्षासँगै स्नातक तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा कलेजले सहभागिता जनाएका छन्। सहभागी टिमहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाइने जनाइएको छ।

प्रतियोगिताको अनुमानित कुल बजेट ३० लाख रुपैयाँ छ।

Skip This
Skip This
Logo