एजेन्सी । भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवक राजाराम पण्डितलाई ट्रकले ठक्कर दियो । ठक्करपछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो । आफ्नो स्थिति देखाउन उनले खल्तीबाट आईफोन निकाले र श्रीमतीलाई भिडियो कल गरे ।
पण्डितले इयरफोन लगाइरहेका कारण ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई प्रहरीले बेगूसरायस्थित अस्पताल पुर्यायो । तर अस्पताले उनलाई मृत घोषणा गर्यो ।
राजाराम आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली गइरहेका थिए । राजरामको विवाह तीन वर्ष अघि भएको थियो उनकी सात महिनाकी छोरी छिन् ।































प्रतिक्रिया