‘पूर्णबहादुरको सारङ्गी’ मा प्रकाश सपुत

‘पूर्णबहादुरको सारङ्गी’ मा प्रकाश सपुत

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो। उनको भूमिकाको बारेमा खुलाइएको छैन।

सेभेन सिज सिनेमाजले निर्माण गर्ने फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ।

निर्माण पक्षले यसअघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो। फिल्म २०८२ मा दर्शकमाझ आउनेछ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र रमेश चौलागाईं तथा हरि श्रेष्ठ कार्यकारी निर्माण रहनेछ।

Skip This
Skip This
Logo