डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ

डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । काठमाडौंबाट प्रहरीले डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलो सुन र डेढ करोड रुपैयाँ नगदसहित ७ जना पक्राउ परेका हुन्।

उनीहरूको साथबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ काटैका ४७ वर्षीय गणेशदत्त बडू, २१ वर्षीय आयुष बडू, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीय गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका-३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल रहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo