जंगली हात्ती लखेट्न हवाइ फायर

जंगली हात्ती लखेट्न हवाइ फायर

केन्द्रबिन्दु
0
Shares

राजविराज,

जंगली हात्तीको आतंक रोक्न प्रहरीले शुक्रबार मध्यराति चार राउण्ड हवाइ फायर गरेको छ ।

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट जोगाउन प्रहरीले रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा हवाइ फायर गरेको बताएको हो । जंगली हात्तीको समूह नै बस्तीमा प्रवेश गर्न खोजेपछि प्रहरी टोलीले हवाइ फायर गरी जंगली हात्तीलाई धपाएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।

आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासको जंगल हुँँदै गाउँमा प्रवेश गरेको खबर पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । आरक्षको जंगलमा बस्ने हात्ती दुई सातादेखि रातको समयमा गाउँ प्रवेश गर्न थालेपछि रुपनी र अग्नीसाइर कृष्णासवरण गाउँपालिका तथा कञ्चनरुप नगरपालिका बासिन्दा आतंकित बनेका छन् ।

हात्ती आतंकका कारण उक्त क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । लौका खेतीको सुरक्षार्थ खेत गएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको जेठ ५ गते हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

हात्तीको आक्रमणमा परी सप्तरीमा एक वर्षभित्र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस वर्ष हात्तीले ४८ वटा घर भत्काउनुका साथै एक सय विगाह भन्दा धेरै जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानीय कृषक भवानीप्रसाद चौधरीले बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo