काठमाडौं,
मौसम पूर्वानुमान महाशाखाले अपरान्हमा हावा हुरी सहित वर्षा हुने क्रम सोमबारसम्म जारी रहने सम्भावना देखाएको छ । पूर्व मनसुन सुरु हुँदा यस्तो अवस्था रहने मौसमविद्हरूले जनाएका छन् । देशभर पूर्व मनसुन सुरु भएको महाशाखाले जनाएको छ । यो क्रम सोमबारसम्म्म जारी रहन्छ ।
‘मंगलबारदेखि मौसममा केही सुधार हुन्छ । त्यो सुधार पनि एक दुइ दिनको लागि मात्र हुन्छ । त्यसपछि फेरि पूर्व मनसुन सक्रिय हुन्छ,–मौसवीद् मिनकुमार अर्यालले जनाए । उनका अनुसार वगांलको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र त्यसमा स्थानीय हावाको प्रभाव मिल्दा देशभर हावाहुरी सहित वर्षाको सम्भावना छ । स्थानीय वायु सक्रिय हुँदा हावा हुरीको सम्भावना रहने मौसमविद्हरूले जनाएका छन् ।































प्रतिक्रिया