आगलागी पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउनुहोस्: गृहमन्त्री लामिछाने

आगलागी पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था मिलाउनुहोस्: गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागीबाट पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन्।

शुक्रबार गृह मन्त्रालमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने वाढी पहिरोको संभावित जोखिमको आंकलन अभियान अन्तरर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने आफूलाई भन्न आग्रह गर्दै तत्काल कुनै ढिलाई नगरी राहत र उद्दारको लागि निर्देशन दिएका हुन्।

उनले भने,‘तत्काल राहतको लागि कुनै पनि ढिलाई नहोस्। यहाँ आम सर्वसाधारणले आलोचना गर्ने, संचारमाध्यममार्फत हाम्रो कमजोरीहरु छताछुल्ल गर्ने काम भएपछि चासो दिने गरिन्छ। यो चाहीँ हुँदैन्। मैले रोकेको छु भने मलाई अहिले भन्नुहोस्। सचिवले रोक्नुभएको छ भने यहाँ तत्काल भन्नुहोस्। कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने भन्नुहोस् तर तत्काल कुनै ढिलाई नगरी राहतको र उद्दारको लागि काम गरिहाल्नुहोस्।’

कतिपय ठाउँमा जनचेतनाको कुरामा सरकार चुकिरहेको कारण पनि वन ढडेलो तथा आगलागी हुने गरको उनको भनाई छ।

Skip This
Skip This
Logo