राईस मिलमा आगलागी हुँदा २ करोडको क्षति

राईस मिलमा आगलागी हुँदा २ करोडको क्षति

केन्द्रबिन्दु
0
Shares

भद्रपुर,

भद्रपुरको धान मिलमा आगलागी हुँदा करिब दुइ करोड बढीको क्षति भएको छ । भद्रपुर ६ स्थित एग्रो राइस मिलमा शनिवार बिहान आगलागी हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

व्यवसायी सन्तोष र राजेश गुप्ताले भर्खरै सञ्चालनमा ल्याएको राईस मिलमा आगलागी हुँदा मेसिनरी सामान जलेर नष्ट भएको छ । आगलागीले उक्त मूल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागी विद्युत् चुहावट भई लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो । मिलमा लागेको आगलागी भद्रपुर नगरपालिकाको दुई वटा र बिर्तामोड नगरपालिकाका एउटा दमकलले एक घण्टामै नियन्त्रणमा लिएको थियो । राईस मिलमा बिहान साढे ९ बजे एक्कासि आगलागी भएपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo