उपराष्ट्रपति पुन स्वदेश फिर्ता

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’आज स्वदेश फर्केका छन्।

गत आइतबार अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन पुन त्यसतर्फ लागेका थिए। भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपतिसँग दुई पक्षीय छलफल र अन्य महत्वपूर्ण कार्यक्रमहरुमा सहभागी भएका थिए ।

उपराष्ट्रपति पुनले भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सम्बोधन गर्दै जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपालले भोगिरहेको समस्या र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनका लागि नेपालले गरिरहेको पहलका बारेमा प्रकाश पारेका थिए ।

Skip This
Skip This
Logo