विश्वकप क्रिकेट: आज दुई खेल हुँदै

विश्वकप क्रिकेट: आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ ।

दिउँसो सवा तीन बजे न्युजिल्यान्ड र श्रीलंकाबीच खेल हुनेछ। यस्तै सवा ६ बजे अफगानिस्तान र अस्ट्रेलिया भिड्ने छन्।दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

पछिल्लो समयको प्रदर्शनलाई हेर्ने हो भने श्रीलंकाको निराशाजनक प्रदर्शन छ । न्युजिल्यान्डले अहिलेसम्म एक पटक पनि विश्वकप जित्न सकेको छैन। न्युजिल्यान्डलाई यो पटक विश्वकप उपाधिको प्रमुख दाबेदारको रुपमा  हेरिएको छ ।

अर्को खेलमा अस्ट्रेलियालाई प्रतियोगिताको दाबेदार मानिएको छ। अफगानिस्तानले वार्मअप खेलमा पाकिस्तानलाई हराएको थियो।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी र्फगुसन र इश सोधी ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिस्का फर्नान्डो, सुरंगा लकमाल, लासिथ मालिंगा, एन्जेलो माथेवस, कुसल मेन्दिस, जीवन मेन्दिस, कुसल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उदना, जेफ्रेय भन्दरसय ।

Skip This
Skip This
Logo