फ्राइडे रिलिजमा तीन ‘क’ को भिडन्त

फ्राइडे रिलिजमा तीन ‘क’ को भिडन्त

केन्द्रबिन्दु
0
Shares

आज शुक्रबार ३ वटा चलचित्र प्रदर्शन हुदैछ। संयोग के भने यी तीन ओटै चलचित्रको नाम ‘क’ अक्षरबाट शुरु भएको छ।

आज दिपक ओली निर्देशित ‘कुम्भकरण’, सम्राट सापकोटा निर्देशित ‘कप्स’ र मदन घिमिरेको ‘काउसो’ प्रदर्शन हुँदैछ । आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको कुम्भकरणमा निशा अधिकारी शिक्षिका र गौरव पहाडी शिक्षकको रुपमा देखिएका छन् । चलचित्रमा निशा अधिकारी, गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री र सुधव थापाको अभिनय छ ।

दीपक ओली निर्दे्शित चलचित्रलाई बिजय श्रेष्ठ, गिरप्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् ।

त्यस्तै अनुप विक्रम शाहीको लिड रोल रहेको चलचित्र ‘कप्स’ मा उनले पुलिसको भुमिका निभाएका छन् । सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एक इमान्दार प्रहरीको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा अनुपको जोडीको रुपमा सन्दिपा लिम्बुले अभिनय गरेकी छिन् । आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन छ ।

चलचित्र ‘काउसो’ हाँस्य विधामा बनेको मनोरञ्जनपुर्ण चलचित्र हो । यस चलचित्रमा सबिन श्रेष्ठ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नवीन आचार्य, सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली, असिम तिमल्सिना सहितको मुख्य भूमिका छ । चलचित्रमा संगीत विकास चौधरीको, द्वन्द्व निर्देशन शंकर महर्जनको, नृत्यमा बिक्रम स्वारको, छायांकन रामेश्वर हुमागाईंको, सम्पादन नवीन निरौलाको र प्रोडक्सन डिजाइनर सूर्य बुढाथोकीको रहेको छ ।

Logo