क्रिकेटको कुम्भमेला ‘वर्ल्डकप क्रिकेट’ को पहिलो खेल शुरु

क्रिकेटको कुम्भमेला ‘वर्ल्डकप क्रिकेट’ को पहिलो खेल शुरु

केन्द्रबिन्दु
0
Shares

क्रिकेटको कुम्भमेला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२ औं संस्करण शुरु भएको छ ।

उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको लण्डनस्थित दि ओभलमा दक्षिण अफ्रीकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । दक्षिण अफ्रिकाले बलिङ रोजेपछि आयोजक इंग्ल्याण्डले  ब्याटिङ थालेको छ ।

इङ्ग्ल्यान्ड टिममा जसन रोय, कप्तान इयोन मोर्गन, जानी बेरिस्टो, जोस बट्लर, बेन स्टक, मोइन अलि, चेल्स वार्करस, अदिल राशिद, लेइम पुनिकिट, जोफ्रा आर्चर रहेका छन् भने दक्षिण अफ्रिका टिममा हसिम अम्ले, क्वीन्टोन डि कोक, इडेन मर्केरम, फाफ गुप्लीसीस कप्तान, रेसिभ भान डेर डुसेन, जेपी डुमीनि, आन्दील फेह्लुक्यानो, ड्याने प्रेटोरीयस, कागिसो रबाडा, लुंगी निगडी र इमरान ताहिर रहेका छन् ।

आगामी जुलाई १४ सम्म चल्ने खेलमा आयोजक इङयाण्डसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, वेष्टइण्डिज, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् ।

Skip This
Skip This
Logo