विपन्न विद्यार्थीलाई छात्रवृत्ति

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

केन्द्रबिन्दु
9
Shares

ताप्लेजुङ । स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। आर्थिक अभावमा बीचमै पढाइ छाड्न नपरोस् भनेर छात्रवृत्तिको व्यवस्था गरिएको हो।

जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम गाउँ अवस्थित मेजेनिम माध्यमिक विद्यालयमा अध्ययनरत चार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेगरी लालीगुराँस सेवा समाज संस्था र विद्यालयबीच सम्झौता भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार पताङवाले बताए। पताङवाका अनुसार कक्षा ५ भन्दा मुनिका दुई छात्र र दुई छात्रा गरी चार विद्यार्थीलाई वार्षिक रु तीन हजारका दरले कक्षा १० सम्म छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीले कक्षा छाडेर गएमा विद्यालयको सिफारिसमा अर्का विद्यार्थीलाई प्रदान गरिने छ। उक्त संस्थाले चालु आर्थिक वर्षका लागि आवश्यक रकम विद्यालयलाई उपलब्ध प्रदान गरिसकेको छ। संस्थाले रु दुई लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ।

Skip This
Skip This
Logo