काठमाडौं । बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ललितपुरको कुपान्डोलमा नयाँ सर्भिस सेन्टर निर्माणलाई तिब्रता दिएको छ।
साथै कम्पनीले भक्तपुरको राधेराधेमा पनि नयाँ सर्भिस सेन्टर तयार पारिरहेको जानकारी दिएको छ।
साइमेक्स इंकले हाल काठमाडौं बाहिर विराटनगर, विर्तामोड, पोखरा, नारयाणघाट, बुटवल, नेपालगन्ज र धनगढीमा सर्भिस नेटवर्क विस्तार गरिसकेको बताइएको छ।
नेपाल आएको एट्टो–३ र डल्फिनले निकै राम्रो बजार लिएपछि देशका विभिन्न स्थानमा सर्भिस नेटवर्क थप गर्नुपर्ने दवाव कम्पनीमाथी सिर्जना भएको छ । कम्पनीले बीवाइडीको गाइडलाइन अनुसार आफ्नो वर्कशपलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउँदै लगेको छ।
सर्भिस नेटवर्कसँगै कम्पनीले दक्ष जनशक्ति उत्पादन र स्पेयर पार्ट्सको स्टकमा समेत उत्तिकै जोड दिएको दाबी गरेको छ।
बीवाइडीबाटै आएका इन्जिनियरको प्रत्यक्ष निगरानीमा गाडीको सर्भिसिङ गर्दै आएको कम्पनीले वर्कशपमा काम गर्ने टेक्निसियनलाई आवश्यक तलिमसमेत प्रदान गर्दै आएको छ।































प्रतिक्रिया