१२ औँ संस्करणको विश्वकप क्रिकेट आजबाट

१२ औँ संस्करणको विश्वकप क्रिकेट आजबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा १२ औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता बिहीबार (आज) बाट सुरु हुँदैछ ।

४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछन् । यी दुवै टिमले अहिलेसम्म विश्वकप उपाधि जित्न भने सकेका छैनन् ।

आयोजक इंग्ल्यान्डसँगै यसपटक उपाधि दाबेदार टिमका रूपमा अस्ट्रेलियालाई समेत हेरिएको छ । अस्ट्रेलिया स्टिभ स्मिथ र डेभिड वार्नरको आगमनले उत्साही छ । पाँचपटकको च्याम्पियन अस्ट्रेलिया आफ्नो विश्वकपको सानदार छविलाई कायम राख्ने ध्याउन्नमा छ ।

प्रतियोगितामा उपाधिका लागि १० टिम (इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, अफगानिस्तान, बंगलादेश, न्युजिल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र पाकिस्तान) प्रतिस्पर्धामा रहनेछन् । प्रतियोगिता इंग्ल्यान्ड र वेल्सका ११ मैदानमा हुनेछन् ।
एजेन्सी

Logo