काठमाडौं,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले १५ खर्बको बजेट प्रस्तुत गरेपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। ‘कार्यान्वयन जहिले पनि चुनौतीपूर्ण छ । कार्यान्वयन पक्षप्रति सरकार सचेत रहनुपर्छ। समीक्षा गर्नुपर्छ’, उनले भने।
नेकपाका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट धेरैतिर छरिएर आएको बताउँदै कार्यान्वयनमा चुनौती रहेको बताए । ‘सम्पन्न हुने योजनामा बढी केन्द्रीत गरेर गयो भने लक्ष्यमा पुगिन्छ’, उनले भने । निर्वाचन क्षेत्रमा मात्रै भ्रष्टाचार सबैतिर रहेको र यसलाई नियन्त्रण गर्नुपर्ने भन्दै सांसदले ठूला ठूला योजना छनोट गरेर खर्च गर्नुपर्नेमा जोड दिए। उनले महंगी नबढ्नेतर्फ बजेट सचेत रहेको पनि दाबी गरे ।
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटमा नयाँ केही नभएको टिप्पणी गरे । ‘संरचनात्मक परिवर्तन, सुधारको अपेक्षा थियो, त्यो आएन’, उनले भने, ‘निरन्तरता र लोकप्रिय हुने हिसाबले आयो।’ अहिलेको आवश्यकता र रोजगारी बढाउने हिसाबले बजेट नआएको उनको भनाई छ । ‘५ लाख रोजगारी सिर्जना गर्ने भनिएको छ, म त्यस्तो अवस्था देख्दिन’, उनले भने।
यता कांग्रेस नेता मीनेन्द्र रिजालले बजेट सजिलो सिरानीमा बसेर निदाउन खोजेको जस्तो भएको टिप्पणी गरे । उनले २ अंकको वृद्धिदर हासिल सम्भव नभएको पनि स्पष्ट पारे । ‘चालु खर्च बढाएर बजेट आएको छ, यो कहिले बढ्दैन । ५० प्रतिशतले पुँजीगत बढाउने कुनै पनि आधार देखिएन । वैदेशिक ऋण प्रक्षेपण सम्भव देखिँदैन् । निजी क्षेत्रलाई कर्जा सहज हुँदैन, २ अंकको वृद्धिदर हासिल हुन सम्भव छैन । सजिलो सिरानीमा बसेर निदाउन खोजिएको छ’, उनले भने।
नागरिकबाट































प्रतिक्रिया