रेलमार्ग निर्माणको लागि ७ अर्ब ७० करोड बजेट छुट्याईयो

रेलमार्ग निर्माणको लागि ७ अर्ब ७० करोड बजेट छुट्याईयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । रेलमार्गहरुको निर्माणका लागि सरकारल ७ अर्ब ७० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । रेलमार्ग निर्माणलाई प्रतिष्ठाको विषय बनाउँदै सरकारले यस कार्यका लागि आगामी वर्षमा ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजित गरेको हो । चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७ अर्ब ७० बजेट पाएको हो ।

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको बताए । यो बजेट मुख्यरुपमा रेलमार्गको जग्गा अधिग्रहण लगायतका काममा खर्च हुनेछ । पूर्व(पश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट आएको छ ।

रेल विभागले झण्डै २० अर्ब मागेको थियो । पूर्व-पश्चिम रेलमार्गमा पर्ने सबै जग्गा एकैपटक अधिग्रहण गर्ने गरी बजेट माग गरिएको थियो । तर मागभन्दा झण्डै १२ अर्ब कम बजेट विनियोजित गरेको हो ।

Skip This
Skip This
Logo