बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार, तीनको मृत्यु

बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार, तीनको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

जापानमा स्कुल बस पर्खिरहेका बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मंगलबार बिहानै कावासाकीमा यो घटना भएको हो ।

क्योदो समाचार संस्थाका अनुसार, मृत्यु हुनेमा १२ वर्षीया बालिका र ३९ वर्षीय पुरुष रहेका छन् । घाइतेमध्ये १६ जना स्कुले बालिका रहेका छन् ।

आक्रमणपश्चात आक्रमणकारीले आफैंलाई चक्कु प्रहार गरी आत्महत्या गरेका छन् । आक्रमणको उद्देश्य खुल्न सकेको छैन । आक्रमणकारीको पहिचानसमेत खुल्न सकेको छैन ।
एजेन्सी

Skip This
Skip This
Logo