७१ रनमा गुमायो नेपालले चौथो विकेट

७१ रनमा गुमायो नेपालले चौथो विकेट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ।

नेपालले सन्दीप जोरा लाई गुमाएको हो। उनी १४ बलमा १९ रन जोड्दै क्याच आउट हुन पुगे।

नेपालले यसअगाडि ओपनर आशिफ शेखलाई इनिङको दोस्रो बलमै गुमाउँदा अर्का ओपनर कुशल भुर्तेलले १ रन बनाउँदै क्लिन बोल्ड हुन पुगे।

तेस्रो विकेटका लागि कुशल मल्ल ४ रनमा क्याच आउट हुन पुगे।

नेपाल ताजा अवस्थामा ४ विकेट गुमाउँदै ९.२ ओभरमा ७१ रनमा खेलिरहेको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकाल्दा दोस्रो र तेस्रो खेलमा भने वेस्ट इन्डिज ‘ए’ले जित निकालेको थियो।

Skip This
Skip This
Logo