कार्गो जहाज दुर्घटनामा १० जनाको मृत्यु

कार्गो जहाज दुर्घटनामा १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सानदोङ,

चीनको सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण १० जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।

ग्यास चुहिएको सम्बन्धमा केही जिम्मेवार व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान थालिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
एजेन्सी

Logo