काठमाडौँ,
आज ९ हजार जनाका लागि लोकसेवाको विज्ञापन खुल्दैछ । देशभरका लोकसेवा आयोगका १४ कार्यालयबाट विज्ञापन खुल्न लागेको हो । ती कार्यालयको कार्य क्षेत्रमा पर्ने स्थानीय तहका पदलाई एकीकृत गरेर विज्ञापन खुल्न लागेको हो ।
यसको फर्म भर्ने म्याद १५ असारसम्म हुनेछ भने असारदेखि नै परीक्षा संञ्चालन हुने भएको छ । प्रदेश लोक सेवा आयोग गठन नभइसकेको अवस्थामा स्थानीय तहको मागका आधारमा सरकारले लोक सेवा आयोगमार्फत कर्मचारी पद पूर्ति गर्न लागेको हो । लोक सेवाले पाँच सय १५ स्थानीय तहका लागि विज्ञापन खुलाउन लागेको हो ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशका स्थानीय तहबाट १५ हजार कर्मचारी माग रहेको विवरण लोक सेवा आयोगलाई पठाएको थियो ।





























प्रतिक्रिया