काठमाडौँ,
न्यायपरिषद्को मंगलबार बसेको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले दुबै न्यायाधीशलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
तनहुँका तत्कालीन न्यायाधीश उपाध्यायलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी एलएलबी उत्तीर्ण गरेको आरोपमा निलम्बनको कारबाही गरिएको हो । नक्कली प्रमाण पत्रमा न्यायाधीशविरुद्ध मुद्दा चलाउनुपर्ने घटना न्यायिक इतिहासमै नौलो भएको छ ।
परिषद् उच्च स्रोतका अनुसार छानबिनकाक्रममा उपाध्यायले भारतबाट स्नातक तह (बीए) उत्तीर्ण गरेको नक्कली सर्टिफिकेट ल्याएर नेपालमा एलएलबी गरेको भेटिएपछि निलम्बनको कारवाही गरिएको हो । ब्याचलर नगरी एलएलवी गर्न नपाइने भएकाले भारतबाट नक्कली सर्टीफिकेट ल्याएर अध्ययन गरेको भेटिएको छ ।
परिषद्बाट भारतमा अध्ययन गरेको भनिएको विश्वविद्यालयमा सोध्दा नक्कली रहेको जानकारी आएपछि परिषदले कारबाही गरेको हो । उनीविरुद्ध परिषदले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णयसमेत गरेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया