नाउपाको घर झगडा फेरि तात्यो, विश्वासको मत नदिन रेशम पक्षको ह्विप

नाउपाको घर झगडा फेरि तात्यो, विश्वासको मत नदिन रेशम पक्षको ह्विप

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । एक साता अगाडि नागरिक उन्मुक्ति पार्टी(नाउपा)को घर झगडा मिलेको भन्दै पार्टी संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष तथा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ दुवैले एकै चोटी फेसबुकमार्फत जानकारी दिए।

तर, उनीहरूको घर झगडा विवाद फेरि बल्झिएको छ। बिहीबार संरक्षक चौधरीले एकै चोटी धेरै फेसबुक स्टाटस लेख्दै विवाद बल्झिएको संकेत देखाएका थिए। यद्यपी, स्टाटस उनले केही छिन मै मेटाएपनि।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदलाई लिएर बल्झिएको उनीहरूको विवाद केही समयलाई शान्त भएपनि आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्।

पार्टी संरक्षक चौधरीले आफू पक्षीय सांसदलाई सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरिसकेका छनभने अध्यक्ष रन्जिता पक्षबाट दुई जना प्रदेशमा मन्त्री नै बनिसकेका छन्।

विश्वासको मतका लागि आज साझ ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ। तर, बैठक बस्ने/नबस्ने अहिलेसम्म केही आधिकारिक जानकारी नआएको प्रदेश सभा सचिव देवबहादुर बोगटीले केन्द्रबिन्दुलाई बताए। उनका अनुसार कार्यव्यवस्था समितिको बैठक बसेपछि मात्र विश्वासको मत प्रायोजनका लागि प्रदेश सभा बैठक बस्नेछ।

वर्तमान सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका सोडारीको नियुक्त बदरका लागि सर्वोच्च अदालतमा परेको रिट विचाराधीन अवस्थामा रहेकै बेला उनी विश्वासको मत लिन लागेका हुन्।

Skip This
Skip This
Logo