नेतृत्वको झिनाझम्टीले देश विकास भएन- प्रचण्ड

नेतृत्वको झिनाझम्टीले देश विकास भएन- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको झिनाझम्टी देशको विकास नभएको बताएका छन्।

गन्तव्य नेपालले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले संभावना धेरै भए पनि सदुपयोग गर्न नसक्दा देश विकास हुन नसकेको बताएका छन्। उनले भने, ‘जनतालाई भड्काउने अब कुनै ठाउँ छैन, हामी पानीमा धनी छौं। सानदार एकता पनि छ। अब विकास निर्माणलाई गति दिनु छ।’

हिमालदेखि तराईसम्म विविधता भएको नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधतामा पनि धनी भएको उल्लेख गर्दै दाहालले विकास निर्माणलाई जोड दिनुपर्ने बेला आएको बताए।

नेपाल विकास नहुनुमा राजनीतिक कारण रहेको उनले बताउदै उनले अब देश विकासमा जुट्ने बेला आएको पनि बताए ।

Skip This
Skip This
Logo