ग्लोबल आइएमई बैंकले गर्‍यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

ग्लोबल आइएमई बैंकले गर्‍यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यास‍को अनुशरण गर्ने भएको छ।

सोही सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ।

यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भएर सबै प्रादेशिक कार्यालयमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयमा विस्तार हुने बैंकले जनाएको छ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलाप गर्दै आएको दाबी गरेको छ।

Skip This
Skip This
Logo