काठमाडौं । फोनपे भारतले बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायक, युपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघका प्रतिनिधिहरूलगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरू सहभागी रहेका थिए।
उक्त कार्यक्रमलाई नेपालको भुक्तानी प्रणाली संचालक फोन पेले समर्थन गरेको थियो। नेपाल-भारत क्रस बोर्डर युनिफाइड पेमेन्ट इन्टरफेसअन्तरआवद्धताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो।
सो कार्यक्रमलाई फोन पे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्धारा नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारेमा विशेष सम्बोधन गरेका थिए।
कार्यक्रममा नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो। उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा कन्सल्टेन्ट् , एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरू रहेका थिए।
प्यानल छलफलमा क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन मागहरूको विषयमा चर्चा भएका थिए। सुविधाजनक नगदरहित भुक्तानीमार्फत नेपालको पर्यटन क्षेत्रमा युपीआईको सकारात्मक प्रभावलाई सदुपयोग गर्दै कसरी समग्र पर्यटकको अनुभवलाई बृदि गर्न सकिन्छ भन्ने बारे प्यानलका सदस्यले छलफल गरेका थिए।
यसका साथै क्रस बोर्डर भुक्तानीले वित्तीय संस्थाहरूको राजस्व प्रवाह र व्यापार मोडललाई कसरी प्रभाव पार्छ भन्ने बारेमा पनि थप अध्ययन भएको थियो। प्यानल सदस्यले सुविधा, अन्तरआवद्दता, सुरक्षा र लागत-प्रभावकारिता जस्ता पक्षहरूमा ध्यान केन्द्रित गर्दै नेपालमा उपभोक्ताका अनुभवमा युपीआईको प्रभाव बारे छलफल गरेका थिए।
सेवा नपुगेका साना र मझौला उद्यमीलाई प्रभाव पार्ने वैकल्पिक भुक्तानी विधिहरूमार्फत क्रस बोर्डर भुक्तानीको बृहत् आर्थिक प्रभावहरूको बारेमा पनि उक्त छलफल भएको थियो।





























प्रतिक्रिया