भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड नेपाल आइपुगेको छन्।

उनी शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा चन्द्रचुड नेपाल आएका हुन्।

चन्द्रचुड शनिबार काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यसूची छ।

शनिबार साँझ नै उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका रहेको छ।

भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन्।

चन्द्रचुड आइतबार स्वदेश फिर्ता हुनेछन्।

Skip This
Skip This
Logo