वैदेशिक रोजगारीमा जाने ७४.५ प्रतिशत अदक्ष कामदार

वैदेशिक रोजगारीमा जाने ७४.५ प्रतिशत अदक्ष कामदार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झन्डै ७५ प्रतिशत अदक्ष छन् । आर्थिक सर्वेक्षण अनुसार ७४ दशमलव ५ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेका हुन् । कुनै सीप नहुँदा कामदारले थोरै पारिश्रमिकमा चित्त बुझाउन वाध्य छन् ।

सर्वेक्षण अनुसार १ दशमलव ५ प्रतिशत दक्ष र २४ प्रतिशत अर्धदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । सरकारले पछिल्लो समय सीप परीक्षण गरेर मात्र युवालाई वैदेशिक रोजगारीमा पठाउने रणनीति अबलम्बन गरेको छ ।हालसम्म ४३ लाख ६५ हजार ४ सय १५ युवा वैदेशिक रोजगारीमा गएका छन् । संस्थागतरूपमा एक सय १० देशमा खुला गरिएको छ भने व्यक्तिगत रूपमा एक सय ६७ देशमा नेपाली जाने गरेका छन् ।

२०७४÷७५ मा ३ लाख ६१ हजार ९ सय ४१ जना युवा वैदेशिक रोजगारीमा पुगेका छन् । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पछिल्ला वर्ष घट्दो क्रममा छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा १ लाख ५६ हजार ९३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

आर्थिक सर्वेक्षण अनुसार कतारमा ५४ हजार ३९, मलेसियामा दुई हजार ७ सय ११ जना, साउदीमा २७ हजार ४ सय १९, संयुक्त अरब इमिरेट्समा ४० हजार आठ सय ६५, कुवेतमा १० हजार ८६, बहराइनमा ३ हजार १ सय १७, ओमानमा एक हजार सात सय ३६ जना कामदार पुगेका छन् ।

यस्तै दक्षिण कोरियामा ४ हजार १ सय ४२, लेबनानमा ४, इजरायलमा ४६, अफगानिस्तानमा १ हजार ७, अन्य देशमा १० हजार ३ सय ७४ जना वैदेशिक रोजगारीमा पुगेका छन् । श्रम सर्वेक्षण २०७४ अनुसार बेरोजगार दर ११।६ प्रतिशत छ । १५औं योजनाले त्यसलाई ६ प्रतिशतमा झार्ने योजना अघि सारेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo