सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । एकीकृत समाजवादीबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन्।

एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी(नाउपा)को समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले आज विश्वासको मत लिने भएका हुन्।

मुख्यमन्त्री सोडारीले यस अगाडि हिजो विश्वासको मत लिने तयारी गरेपनि सत्ता गठबन्धनका अन्य दलहरूका कारण आजलाई सारिएको थियो।

विश्वासको मतका लागि प्रदेश सभा बैठक साझ ५:३० बजेका लागि बोलाइएको छ।

Skip This
Skip This
Logo