अनिलको ‘सम्झ त्यो दिन’मा विदेशबाट फर्किएका युवाले आफन्त भेट्दाका पलहरू

अनिलको ‘सम्झ त्यो दिन’मा विदेशबाट फर्किएका युवाले आफन्त भेट्दाका पलहरू

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । गायक अनिलसिंह अधिकारीले नयाँ गीत ‘सम्झ त्यो दिन’ बजारमा ल्याएका छन्।

अधिकारीकै आवाज, शब्द र संगीतमा रहेको गीतले बाल्यकालका रमाईला स्मृतिहरूलाई उजागर गर्न खोजेको छ। बालापनका यादहरू, त्यो समयका प्रियजन/परिवारजनदेखि बालापनका सखीहरू समर्पित छ।

गीतको भिडियोले भने लामो समय विदेशमा काम गरेर फर्किएका एक नेपाली युवाले आफ्ना आफन्त/साथीसंगी भेट हुँदाको पलहरूलाई भविष्यमा देशमा नै केही गर्नुपर्छ भन्ने कुरालाई भावनात्मक रुपमा देखाईएको छ।

उक्त भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुनभने डिओपी सौरभ लामिछानेले छायाँकन गरेका हुन्।

अधिकारीले उक्त गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनकि गरेका छन्।

Skip This
Skip This
Logo