विप्लवको बन्दमा काठमाडौंमा ट्राफिक जाम (भिडियोमा)

विप्लवको बन्दमा काठमाडौंमा ट्राफिक जाम (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आफ्नो कार्यकर्ता हत्या गरेको विरोध प्रतिबन्धित नेकपाले गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ । देशका विभिन्न स्थानमा सवारी साधनमा क्षति पुग्नुबाहेक अन्य घटना नभएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा भने बन्द प्रभाव सामान्य रुपमा परेको छ । काठमाडौंका सडकमा सार्वजनिक सवारी पनि निर्वाध रुपमा चलेका छन् । काठमाडौंमा शिक्षण संस्था मात्र बन्द रहे भने अन्य क्षेत्रमा खासै प्रभाव परेन् । ट्राफिक प्रहरीले काठमाडौंमा बन्दको खासै प्रभाव नपरेको जनाएको छ । सवारी साधनहरु सधैझै उल्लेख्य मात्रामा सडकमा गुडेका छन् ।

विप्लवको बन्दका कारण शैक्षिक संस्था, उद्योग कलकारखाना भने बन्द भए । त्यस्तै काठमाडौं बाहिर जिल्लाहरु भने बन्दको प्रभाव परेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo