चार खेल अगावै रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

चार खेल अगावै रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। उसले ३६ औँ पटक प्रतियोगिताको उपाधि जितेको हो।

शनिबार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो। त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो।

रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ। बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ।

Skip This
Skip This
Logo