सिक्किमका नयाँ मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा शपथ ग्रहण

सिक्किमका नयाँ मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा शपथ ग्रहण

केन्द्रबिन्दु
0
Shares

सिक्किमका नयाँ मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले)ले शपथ ग्रहण गरेका छन् ।

भारतको एक मात्र नेपाली भाषी बाहूल्य राज्य सिक्किममा ५१ वर्षीय गोलेले स्थानीय समयानुसार विहान १० बजे गभर्नर गंगा प्रसादबाट मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

स्थानीय पाल्जोर रंगशालामा आयोजित मुख्यमन्त्रीको शपथ ग्रहणमा गोलेका पार्टीका कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै गोलेले आजै मन्त्रिपरिषद पनि विस्तार गर्ने जनाइएको छ ।  उनले ११ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत बिहीबार सम्पन्न विधानसभा निर्वाचनको मतगणनामा गोले नेतृत्वको एसकेएमले १७ सिट हासिल गरेको थियो ।

Skip This
Skip This
Logo