इजरायलले युद्धविराम र बन्धक आदानप्रदानको प्रयासलाई तोडेको हमासको आरोप

इजरायलले युद्धविराम र बन्धक आदानप्रदानको प्रयासलाई तोडेको हमासको आरोप

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । हमास प्रमुख इस्माइल हानियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धविराम र बन्धक आदानप्रदानको उद्देश्यले वार्तामा संलग्न मध्यस्थकर्ताहरूको प्रयासलाई तोडफोड गरेको आरोप लगाएका छन्।

कतारमा बस्दै आएका हानियाले नेता न्याहुले द्वन्द्वको चक्रलाई विस्तार गर्न र विभिन्न मध्यस्थकर्ता र पक्षहरूमार्फत गरिएका प्रयासहरूलाई विफल पार्न चाहेको बताएका हुन्। गाजामा विगत सात महिनादेखि जारी घातक युद्ध अन्त्य गर्न कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूले शनिबार कायरोमा हमासको प्रतिनिधिमण्डललाई भेटेका थिए।

वार्ताको नजिक रहेको हमासको एक वरिष्ठ स्रोतले समाचार एजेन्सी एएफपीलाई आइतबार नयाँ चरणको वार्ता सुरु हुने बताएको छ। वार्ताकारहरूले सुरुमा ४० दिनको युद्धविराम र युद्ध रोक्न प्यालेस्टिनी कैदीहरू र इजरायली बन्धकहरूको आदानप्रदानको प्रस्ताव गरेका थिए।

हमासले गम्भीरता र सकारात्मकताका साथ वार्ता गरेको हानियाले बताए। तर द्वन्द्व अन्त्य नभए सहमतिको औचित्य के हो भन्ने प्रश्न गरे। यसअघि नेतान्याहुले हमासको युद्ध अन्त्य गर्ने मागलाई अस्वीकार गरेका थिए।

हानिएहले भने, इजरायलले हमासका सदस्यहरू आफ्ना बंकरहरूबाट बाहिर निस्किएर गाजाको नियन्त्रण फिर्ता लिने र आफ्नो शैैन्य पूर्वाधारको पुनर्निर्माण गर्ने र इजरायली नागरिकहरूलाई फर्कन आग्रह गर्ने अवस्था स्वीकार गर्न तयार छैन। इजिप्ट, कतार र अमेरिकाले महिनौंदेखि इजरायल र हमासबीच सम्झौता गराउने प्रयास गरिरहेका छन्।

Skip This
Skip This
Logo