अखिलकी अध्यक्ष पञ्चासहित ५ जनाविरुद्ध मुद्दा नचल्ने

अखिलकी अध्यक्ष पञ्चासहित ५ जनाविरुद्ध मुद्दा नचल्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।

सत्तारुढ माओवादीको भातृ संगठन अखिलकी अध्यक्ष रहेकी सिंहसहित ५ जनाविरुद्ध हत्या कसुरको मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले निर्णय गरेको छ।

वकिल कार्यालय सुर्खेतका अनुसार प्रमाणहरु नदेखिएपछि उनीहरूविरूद्ध मुद्दा नचल्ने निर्णय भएको हो।

सिंहसहित बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध हत्याको आरोप लागेको थियो।

उनीहरूमाथि २०६५ फागुन २६ कालिकोटका राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको आरोप लागेको थियो।

सो घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत सुर्खेतले गत वर्ष सिंहसहित ६ जनालाई पक्राउ पुर्जी जारीसमेत गरेको थियो।

Skip This
Skip This
Logo