संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने रास्वपाकाे निर्णय

संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने रास्वपाकाे निर्णय

केन्द्रबिन्दु
30
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गरेको छ ।

रास्वपाको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको हो । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि मुछिएको छ । कांग्रेसले यसै प्रकरणमा संसदीय समिति नबनाए सदन चल्न नदिने अडान कायमै राखेपछि सरकार दबाबमा छ ।

साथै बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको छ ।

Skip This
Skip This
Logo