काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को विदेश भ्रमण तय भएको छ । प्रधानमन्त्री ओली जुन ९ अर्थात जेठ २६ गते स्वीट्जरल्याण्ड जान लागेका हुन् । सम्बन्ध विस्तार र नेपालका विकास प्राथमिकताबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उद्देश्य सहित प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डपछि फ्रान्स र बेलायत पनि जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले फ्रान्स भ्रमणका बेला भिजा लगायत छपाइको लागि भित्राउने ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ का लागि फ्रान्ससँग सम्झौत गर्नेछन् । उनी जुन १५ अर्थात जेठ ३२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनको यो विदेश भ्रमणबारे औपचारिक जानकारी भने गराइएको छैन।
प्रधानमन्त्री ओली गत माघमा स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४१ औँ बैठकमा सहभागी भएका थिए ।































प्रतिक्रिया