भारतमा लोकसभा विघटन, नयाँ सरकार गठनको प्रक्रिया सुरु

भारतमा लोकसभा विघटन, नयाँ सरकार गठनको प्रक्रिया सुरु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा विघटन भएको छ । राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार लोक सभा विघटन गरेका हुन् ।

भारतमा हालै भएको १७ औं लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलिपल्ट राष्ट्रपति कोबिन्दले शनिबार लोकसभा विघटन गरेका हुन् । लोकसभा विघटा भएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नरेन्द्र मोदीले नयाँ सरकार गठनको लागि प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको छ । भाजपा एक्लैले भने ३०३ सिट ल्याएको छ । जुन नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी हो ।

एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु) ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी सङ्घ, लोकतान्त्रिक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी हो । काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके) ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लिम लिगले तीन सिट जितेका छन् ।

त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके) ले एक–एक सिट जितेका छन् ।

Skip This
Skip This
Logo