बिश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा यो सिजनको अहिलेसम्म १५ जनाको ज्यान गएको छ।
नेपाल पर्यटन बोर्डकी पर्वतारोहण शाखा प्रमुख मीरा आचार्यले अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि गरेकी हुन् । सगरमाथामा मात्रै ६ जनाको मृत्यु भएको छ। त्यसमध्ये ४ भारतीय, एक अमेरिकी र एक नेपाली छन्। अन्यको आरोहणका क्रममा र ओर्लिने क्रममा मृत्यु भएको हो।
यसैबीच हिमाल आरोहणको क्षेत्रमा चर्चित नेपाली गाइड ध्रुव विष्टको शुक्रबार मृत्यु भएको छ। क्याम्प तीनमा स्वास्थ्य बिग्रिएपछि विष्टलाई उद्धार गरेर आधार शिविर झारिएको थियो। तर, आधार शिविर झर्नुअघि नै उनको मृत्यु भइसकेको थियो । विभिन्न हिमालको शिखरमा पुगिसकेका विष्टले सगरमाथाको शिखर चढेका थिएनन्। कैलालीका ३३ वर्षीय विष्ट हिमाल आरोहणको क्षेत्रमा निकै लोकप्रिय थिए।
शुक्रबार नै अर्का आरोही निमा तेञ्जी शेर्पाको पनि मृत्यु भएको छ। उनको मकालुको दोस्रो क्याम्पमा मृत्यु भएको हो।































प्रतिक्रिया