थोरैमा काम सकिएपछि यी ठेकेदारले राज्यकोषमा फिर्ता गरे ४० लाख

थोरैमा काम सकिएपछि यी ठेकेदारले राज्यकोषमा फिर्ता गरे ४० लाख

केन्द्रबिन्दु
0
Shares

रामेछाप । प्राय ठेकेदारको एउटै धेय हुन्छ, कसरी धेरै नाफा कमाउने । त्यही अनुरुप उनीहरुले ठेक्कापट्टामा चलखेल गर्न थाल्छन् । समयमा काम नगर्ने ठेकेदारको अर्को समस्या हो । यतिबेला त्यस्तो प्रवृतिलाईलाई नियन्त्रण गर्न राज्यले कडा कानूनको व्यवस्था गर्दैछ । तरपनि ठेकेदाहरु ढिलासुस्ति, लापरवाही आदी गर्दै आएका छन् । कतिपय ठेकेदारलाई राज्यले कालोसूचीमा समेत राख्दै आएको छ ।

यहि भिडमा एउटा नमुना ठेकेदार देखा परेका छन् । उनी एउटा नमुनामात्र नभएर सबै ठेकेदारका प्रेरणाको स्रोत पनि बनेका छन् । उनी हुन्, सुनकोसीर खानीर थोदुङ जेभी कम्पनीका सञ्चालक रामबाबु घिमिरे ।

उनले एकातिर काम समयमै सकाएका छन्, भने अर्कोतिर फाइदा भएको रकम पनि राज्यलाई फिर्ता गरेका छन् । रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण गरेर फाईदा भएको रकम पनि राज्यकोषमा फिर्ता गरेका हुन् ।

घिमिरेको निर्माण कम्पनीले सदरमुकाम मन्थलीमा सात वटा सरकारी भवन सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको हो । भुकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने क्रममा ठेकेदार घिमिरेले सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेका हुन् ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँको सम्झौता भएकोमा १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तिस रुपैयाँमै निर्धारित गुणस्तरको भवन निर्माण सम्पन्न गरेको उनको भनाई छ । उनले बाँकी रहेको ३९ लाख ८५ हजार आठ सय तेह्र रुपैयाँ राज्यकोषमै फिर्ता गरिदिएका हुन् ।

तिन वटा सरकारी कार्यालयहरु खानेपानी डिभिजन कार्यालयको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय बयासी रुपैयाँ, शहरी विकास फिल्ड कार्यालयको लागि ५ करोड ७६ लाख ७२ हजार एक साय चार रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवासको लागि २ करोड २४ लाख ३७ हजार चवालिस रुपैयाँ रकम खर्चेका छन् ।

१३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँमा लिएको ठेक्का १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तीस रुपैयाँमै सम्पन्न भएको निर्माण व्यवसायी घिमिरेले बताए । तोकिएभन्दा कम लागतमा नै काम सकिएपछि आफूले बढी रकम सरकारलाई नै फिर्ता गरेको घिमिरेले बताए । घिमिरेको उदाहरणीय कामबाट राज्यको ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।

Logo