आजको मौसम : हावाहुरी सहित वर्षा हुने

आजको मौसम : हावाहुरी सहित वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

शुक्रबार (आज) देशको पहाडी भू–भागहरूमा आंशिक बदलि रही अपरान्हपछि सामान्य बदली हुनेछ । पूर्वी तथा मध्य भूभागका केही स्थान र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

मौसममा फेरबदल भइरहने भएपनि यसवर्ष हरेकजसो दिन उस्तै प्रकृतिको मौसम देखिएको छ । विशेषगरि साँझपख अलि धेरै नै सजग रहनु पर्ने मौसमविदहरुको सुझाव छ ।

Skip This
Skip This
Logo