प्रसंग हो, कान्स फिल्म फेस्टिभल–२०१९ को । विश्वकै सबैभन्दा चर्चित फिल्म फेस्टिभलमा विश्वकै चर्चित सेलिब्रेटीको उपस्थिति रहन्छ । उनीहरुको रेड कार्पेट वाकमा लगाएको पहिरनको बारेमा धेरै टिकाटिप्पणी हुने गर्छ । कसैको पहिरनले वाहवाही बटुल्छ भने कसैको पहिरनको चर्को आलोचना खेप्ने गर्छ । यस्तै आलोचनाको शिकार बनेकी छिन्, बलिउड सुन्दरी दिपिका पादुकोण ।
दिपिकाको कान्स लुक्सलाई लिएर सोसल मिडियामा ट्रोल बन्यो । त्यसको बचाउ गर्दै रणविर सिंहले वाइफ दीपिकाको सुन्दर फोटो सामाजिक सञ्जाल इन्ट्राग्राममा सेयर गरे । जसमा उनले स्न्याप च्याटको बेबी फेस फिचरको सहायताले दिपिकालाई बच्चा बनाइदिएको छ । जुन फोटोसँग रणवीरले यस्तो एक्सपेरिमेन्ट गरे त्यो फोटो दिपिकाको कान्सवाला लुक हो ।

एक युजरले ड्रेस त्यसै धेरै ड्रेमेटिक छ त हेडपिस किन जरुरी भयो ? भनेर कमेन्ट लेखेका छन् । त्यस्तै अर्का युजर लेख्छन्, ‘काँचो आपको फ्लेबरवाला बरफको गोला ।’
दिपिकाको दोस्रो कान्समा रेड कार्पेट लुक त्यति धेरै मनपराइएन् । भलै दिपिकाको ट्रोल बनाए । तर उनको श्रीमान रणवीरलाई निकै मन परेको थियो । र उनले इन्स्ट्राग्राममा तारिफ पनि गरे ।
दिपिकाले कान्स फिल्म फेस्टिभलको दोेस्रो दिन डिजाइनर गिआम्बेटिस्टाको हरियो रंगको पहिरन लगाएकि थिइन् । र टाउकोमा पिंक कलरको स्कार्फ बानेका थिए । उनले ड्रेमेटिक ड्रेससँग स्मोकी आइज, न्युड मेकअप र मिडल पार्टेट बनबाट आफ्नो लुक्सलाई पुरा गरेकी थिइन् ।































प्रतिक्रिया