काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । वाराणसी निर्वाचन क्षेत्रबाट चुनाव लडेका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् ।
यो समाचार तयार पार्दासम्म मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ । मोदीले २१ हजार २ सय ३६ मत ल्याउँदा कांग्रेसका अजय राय ९ हजार ९ सय ८४ मत पाएका छन् । शालिनी यादव तेस्रो स्थानमा छिन् । उनले ९२६१ मत पाएकी छन् ।
यता भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी आफ्ना प्रतिस्पर्धीभन्दा दुई हजार मतले पछि परेका छन् । अमेठी निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीकी नेतृ स्मृति रानीले राहुललाई पछाडि पारेकी हुन् । अमेठीमा राहुललाई हराउन भाजपाले ठूलै अभियान चलाएको थियो ।































प्रतिक्रिया