एजेन्सी । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा चरमपन्थी आक्रमण हुँदा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । हमलाबाट नेशनल पिपुल्स पार्टी (एनपिपी) का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । घटनामा विधायक अबोका छोराको पनि ज्यान गएको बताइएको छ ।
तिरोंग अबो परिवारसहित सुरक्षा व्यवस्थाको साथमा असमबाट अरुणाञ्चल जाँदै थिए । त्यहि क्रममा खोनसा–देओमाली सडकमा पहिले देखिनै कुरेर बसेका बन्दुकधारीले आक्रमण गरेका हुन् । ज्यान गुमाउनेमा दुईजना सुरक्षाकर्मी पनि छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।































प्रतिक्रिया