प्रधानमन्त्री प्रचण्ड: चौथो पटक विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्री प्रचण्ड: चौथो पटक विश्वासको मत लिनुपर्ने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिनु परेको छ।

सोमबार सत्ता गठबन्धनमा रहेको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपर्ने भएको हो।

जसपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज बिहान प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए। सो, लगत्तै बसेको पार्टी केन्द्रीय समितिको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

जसपाको उक्त निर्णयले गर्दा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिनुपर्ने भएको हो

प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २०७९ पुस १० गते , दोश्रो पटक २०७९ पुस २६ गते र तेश्रो पटक २०८० फागुन ३० गते विश्वासको मत लिएका थिए।

संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

Skip This
Skip This
Logo